फोटो खिचाउनकै लागि यी व्यक्तिले यस्तो काम गरे

 भदौ २७, २०७५ बुधबार १९:२०:३० | एजेन्सी

मानिसहरुका चाहना पनि अचम्म अचम्मका हुन्छन् । केही न केही गरेर मानिसलाई चर्चामा आउन मन लाग्छ । 

त्यसै क्रममा बुधबार साउदी अरेबियाकाे ताबुकमा एक जना व्यक्तिले आफ्नो शरीरमा लाखौँको संख्यामा मौरीलाई बसाएका छन् । उनले यति डरलाग्दो काम केबल मौरीसँग तस्बिर खिचाउनका लागि मात्रै गरेको बताएका छन् ।

साउदी अरेबियाका जाहिर फनी नाम गरेका युवकको शरीर मौरीको घारजस्तै देख्न्थ्यिो । सबैभन्दा पहिले उनले आफ्नो शरीरमा रानी मौरी राखे । त्यसपछि अरु मौरीले उनको शरीरमा घार बनाएझैँ गरी नै चारैतर्फबाट घेरे । फनीसँगै उनका साथी पनि थिए । मौरीबाट बच्न उनीहरुले विशेष प्रकारको कपडा लगाएका थिए । 

झण्डै एक घण्टा फनी मौरीले घेरिएर बसेका थिए  भने साथीहरु तस्बिर लिँदै बसिरहेका थिए । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया