डोटीमा बस दुर्घटना हुँदा २६ जना घाइते

 भदौ २८, २०७५ बिहिबार ८:१३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।  जोरायल गाउँपालिकाको अठासीमोडमा  राति साढे २ बजेतिर दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ९११४ नम्बरको बस पल्टिँदा २६ जना घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय बुडरका प्रहरी नायब निरीक्षक रुपसिंह थापाका अनुसार दुर्घटनामा घाइते भएका मध्ये सात जनाको अवस्था गम्भीर छ । तीव्र गतिका कारण बस दुर्घटना भएको अनुमान गरिएको छ । 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया