वेस्ट इन्डिजसँगको पहिलो टी–२० क्रिकेटमा भारत ६ विकेटले विजयी

 फागुन ५, २०७८ बिहीबार ६:३९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

पहिलो टी–२० क्रिकेटमा भारतले पाहुना टोली वेस्ट इन्डिजलाई ६ विकेटले हराएको छ । 

कोलकातामा गएराति भएको खेलमा वेस्ट इन्डिजले दिएको १ सय ५८ रनको लक्ष्य भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो । 

भारतका लागि कप्तान रोहित शर्माले ४० तथा इशान किशनले ३५ रन जोडे । त्यस्तै सूर्यकुमार यादवले नटआउट ३४ रन बनाए । वेस्ट इन्डिजका रोस्टन चेसले २ विकेट लिए । 

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । 

वेस्ट इन्डिजका निकोलस पुरनले सर्वाधिक ६१ रनको अर्धशतकीय पारी खेले । 

भारतका हर्सल पटेल र रवि विश्नोईले २/२ विकेट लिए । जितसँगै भारतले ३ खेलको टी–२० श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । यसअघि भएको ३ खेलको एक दिवसीय क्रिकेटमा भारतले 'क्लिन स्वीप' गरेको थियो ।
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया