नेभिगेशन
बिहीबार, मंसिर ३, २०८३

संसद् बैठक बस्दै, कांग्रेस र एमालेका नेताहरु सहमति जुटाउन आज पनि छलफलमा

काठमाण्डाै - अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका गर्न आज संसद् बैठक बस्दैछ । दलहरुबीच सहमति नभएपछि हिजोका लागि बोलाइएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । 

प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी संसदबाट पारित गर्ने प्रयासमा हुनुहुन्छ भने सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी विपक्षमा छ । त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे विवाद छ ।

एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति नभए पछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहयोग खोज्नु भएको छ ।

हिजो प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच  छलफल भएको थियो । छलफलमा सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । आज पनि थप छलफल हुने उनीहरुले बताएका छन् ।

कांग्रेस र एमालेबीच एमसीसी सम्झौता मिलेर प्रतिनिधि सभाबाट अनुमोदन गर्ने विषयमा छलफल भएको थियो । यस्तै, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समर्थन  फिर्ता लिनासाथ एमालेले संसदबाटै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेको छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।  

एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राख्दै आएको छ ।

प्रकाशित मिति:
थप राजनीति