संसद् छाडेर हिँडेकाे हाेइन, अध्यादेश पेस गर्ने एजेण्डा बहिष्का...
फागुन २३, २०७७ आइतबार
काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युत प्रशारण लाइनको क्षमता कमजोर भएकाले लोडसेडिङको समस्या देखिएको जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्रशारण लाइनको क्षमता कमजोर भएकाले समाप्त भइसकेको लोडसेडिङको समस्या बल्झिएको बताउनुभएको हो ।
बिहीबार काठमाडौंमा आयोजित एक अन्तर संवाद कार्यक्रममा बोल्दै उहाँले ती समस्या समाधानका लागि प्राधिकरणले विशेष योजना बनाएर कामलाई अघि बढाएको पनि जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक घिसिङले तत्कालका लागि राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयजस्ता महत्वपूर्ण ठाउँमा लोडसेडिङको समस्या कहिल्यै नआउने गरी पूर्वाधारको उचित व्यवस्था गर्न लागिएको बताउनुभयो ।
प्राधिकरणले विद्युतबाट हुने जोखिम न्यूनिकरणका लागि नाङ्गा तार विस्थापित गर्ने योजना पनि अघि सारेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गाउँघरमा सामान्य नागरिकको समेत ज्यान जाने जोखिमपूर्ण अवस्था रहेकाले नाङ्गा तार विस्थापित गर्ने अभियानलाई पनि जोड दिइएको स्पष्ट पार्नुभयो ।