एमसीसी संसदबाट अनुमोदन, कार्यान्वयनको बाटो खुल्यो

 फागुन १५, २०७८ आइतबार २०:५९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएको छ । आज आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेको हो ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले संशोधनविना एमसीसी पारित गर्न नसकिने अडान राखेपछि सरकारले व्याख्यात्मक घोषणा बनाएर विषय प्रष्ट पार्दै सम्झौता अनुमोदन गरेको हो । 

याे सम्झाैता पारित गरियोस् भन्ने प्रस्ताव अर्थ मन्त्री जनार्दन शर्माले पेस गर्नुभएको थियो । सभामुख अग्निप्रसाद सापकाेटाले ध्वनि मतका आधारमा एमसीसी सम्झाैता पारित भएको घाेषणा गर्नुभएकाे थियो । 

यसअघि याे प्रस्तावसम्बन्धी व्याख्यात्मक घोषणा प्रस्तावमाथिको छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसदहरूले सम्झौतामाथिको आशङ्का व्याख्यात्मक घोषणामा समेटिएको उल्लेख गर्दै अब ढुक्कसँग पास गर्न उपयुक्त हुने धारणा राखेका थिए । यस्तै यसको विरोध गर्ने सांसदहरूले व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्ने प्रावधान नभएको भन्दै आपत्ति जनाएका थिए ।

यसैबीच प्रतिनिधि सभाको अर्को बैठक यही फागुन १८ गतेका लागि बोलाइएको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • सुमन दाहाल

    Feb. 27, 2022, 9:09 p.m.

    1.MCC भनेको के हो? 2. MCC पास गर्नु को मुख्य उदेश्य के हो? 3.MCC पास गर्दा नेपाल र नेपाली जनता हरुलाई के के फाईदा हुन्छ। यदि देश बिकास वा सयोग को लागि दियको रमक थियो भन्नि किन यति धेरै मागहरु राखेर दियो । यस्को उतर चाईयो

  •  0 Reply

तपाईको प्रतिक्रिया