रुस र युक्रेनबीच दोस्रो चरणमा वार्ता : युद्ध रोक्नेतर्फ कुनै प्रगति हुन सकेन

 फागुन २०, २०७८ शुक्रबार ६:२८:३१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

रुस र युक्रेनबीच दोस्रो चरणकाे वार्ता भएको छ । वार्तामा युद्ध रोक्नेतर्फ कुनै प्रगति हुन सकेको छैन । तर युक्रेनबाट बाहिरिन चाहने नागरिकका लागि बाटो दिन दुवै पक्ष सहमत भएका छन् ।

युक्रेन–बेलारुस सीमा नजिक भएको वार्तामा मानवीय करिडोर व्यवस्थित गर्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । वार्ता सुरु हुनुअघि दुई देशका प्रतिनिधिले हात मिलाएका थिए । वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल हिजो बिहीवार हेलिकप्टरबाट वार्तास्थल पुगेको थियो ।

रूसी वार्ताकारको नेतृत्व गरेका राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले रूसी प्रतिनिधिमण्डल युक्रेनसँग सम्झौता गर्न लामो समयसम्म वार्ता गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको छ । वार्ताअघि नै युक्रेनी वार्ताकार डाभिड अराखमियाले आफूहरू द्वन्द्वग्रस्त क्षेत्रबाट बाहिरिन दिन मानवीय बाटो खुला गराउन केन्द्रित हुने बताउनुभएको थियो ।

यसअघि गएको सोमवार भएको पहिलो चरणको वार्तामा कुनै पनि सहमति हुन सकेको थिएन । युद्ध सुरु भएपछिका आठ दिनमा युक्रेन छाडेर जानेहरूको सङ्ख्या १० लाख नाघेको संयुक्त राष्ट्र सङ्घले बताएको छ ।

यसैबीच रुसी सेनाले हिजो युक्रेनको दक्षिणी क्षेत्र खेर्सनलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको छ । कृष्ण सागरमा रहेको बन्दरगाह सहर खेर्सन युक्रेनको प्रमुख प्रशासनिक तथा आर्थिक केन्द्र हो । युक्रेनको राजधानी किएभसहित उत्तरपूर्वी खार्किभ र दक्षिणपूर्वमा मारियुपोललगायत अन्य सहरमा पनि रुसले आक्रमण गरिरहेको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • देब कुमार गोले

    March 4, 2022, 6:40 a.m.

    Stop the violence. हिंसा रोकौँ।

  •  0 Reply

तपाईको प्रतिक्रिया