विश्व कप क्रिकेट लिग 'टु' का लागि नेपाली क्रिकेट टोलीको घोषणा

 फागुन २०, २०७८ शुक्रबार ६:३६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग 'टु' अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने एकदिवसीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजाे बिहीवार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा लामिछानेसहित ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब र भीम सार्की छन् ।

यूएई जानुअघि नेपाली टोलीले श्रीलङ्कामा तयारी गर्नेछन् । नेपाली टोली भोलि शनिवार श्रीलङ्का जानेछ । श्रीलङ्काबाट आउँदो मार्च १४ तारिख अर्थात् फागुन ३० गते टोली यूएई प्रस्थान गर्नेछ ।

नेपालले एकदिवसीय शृङ्खलामा यूएई र पपुवा न्यु गिनी (पीएनजी) सँग दुई/दुई वटा खेल खेल्नेछ । लिग 'टु' मा नेपालसहित ओमान, स्कटल्यान्ड, अमेरिका, यूएई, नामिबिया र पीएनजी गरी सात टोली छन् ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया