रुस र अमेरिकाले प्रतिबन्धबारे वार्तालाई निरन्तरता दिने, युक्रेनमा भएको आक्रमणको विरोधमा प्रदर्शन बढ्दो

 फागुन २२, २०७८ आइतबार ६:४६:२२ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रुस र अमेरिकाले पछिल्ला प्रतिबन्धबारे वार्तालाई निरन्तरता दिने भएका छन् । रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले मस्को र वाशिङ्टनले वर्तमान भूराजनीतिक अवस्थाको पृष्ठभूमिमा वार्ताका केही माध्यम कायमै राखेको बताउनुभएको छ ।

युक्रेनमा भइरहेको घटनाक्रम, विश्वभरबाट आएको दबाब र प्रतिबन्धबारे सोधिएको प्रश्नमा प्रवक्ता दिमित्रीले अमेरिकासँग वार्ताका केही माध्यमहरू कायम राखेको जवाफ दिनुभएको रुसी समाचार संस्था तासले जनाएको छ ।

युरोपेली सङ्घ, बेलायत, अमेरिका र क्यानडाले आफ्नो आकाशमा रुसी विमान उड्न प्रतिबन्ध लगाएका छन् । रुसले समेत जवाफी प्रतिबन्ध लगाएको छ । यसअघि रुस र युक्रेनबीच भएको दुई चरणको शान्तिवार्ता भने असफल भएको थियो ।

युक्रेनमा रुसले आक्रमण गरेको विरोधमा प्रतिबन्ध र प्रदर्शन बढ्दै गएका छन् । थाइल्यान्ड, इङ्ग्ल्यान्ड, क्रोयसिया, स्वीट्जरल्यान्डलगायतका देशमा विरोधमा प्रदर्शन भइरहेका छन् भने सर्बियामा रुसको पक्षमा प्रदर्शन भएको बीबीसीले जनाएको छ । रुसले युक्रेनमा आक्रमण गर्न थालेको आज एघारौँ दिन हो । युक्रेनका मुख्य सहरमा आक्रमणका घटना भइरहेका छन् । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया