रुकुम पश्चिममा हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घाइते

 फागुन २७, २०७८ शुक्रबार ७:१:२४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिममा हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घाइते भएका छन् ।

आठबिसकोट नगरपालिका वडा नम्बर ९ को बालकल्याण माध्यमिक विद्यालयको जस्ता हिजो बेलुका आएको हावाहुरीले उडाउँदा शिक्षक/विद्यार्थीसहित पाँच जना घाइते भएका हुन् ।

हावाहुरीका बेला विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको थियो । खेलकुद कार्यक्रममा सहभागी हुन र हेर्न आएका पाँच जना घाइते भएका हुन् ।

जनविकास माध्यमिक विद्यालय आठबिसकोटका प्रधानाध्यापक दीपक सङ्गम थापाका अनुसार विद्यार्थी रामबहादुर मल्ल, जनकल्याण माध्यमिक विद्यालय गोइरीका शिक्षिका अमृता रसाइली र छात्रा कविता विक, आदर्श माध्यमिक विद्यालयका क्यान्टिन सञ्चालक राजेन्द्र मल्ल र स्थानीय सुशीला बस्नेत घाइते भएका छन् ।

घाइतेको टाउको, अनुहार तथा शरीरका अन्य भागमा चोट लागेको छ । घाइते सबैजनाको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया