रुसद्वारा युक्रेनको मेलिटोपोलमा नयाँ मेयर नियुक्त, किएभ पनि रुसी सेनाको घेराबन्दीमा

 फागुन २९, २०७८ आइतबार ६:४०:९ | एजेन्सी
unn.prixa.net

रुसले युक्रेनी सहर मेलिटोपोलमा नयाँ मेयर नियुक्त गरेको छ । मेयर इभान फेडोरोभलाई अपहरण गरेको केही घण्टापछि नयाँ मेयर घोषणा गरेको बीबीसीले जनाएको छ ।

स्थानीय टेलिभिजनमार्फत मेयरको रुपमा सम्बोधन गर्दै गालिना ड्यानिलचेन्कोले अब आफ्नो मुख्य काम नगर सञ्चालनका लागि नयाँ संयन्त्र तयार गर्नुरहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

उहाँले आफू नागरिकका प्रतिनिधिहरु सम्मिलित नयाँ संयन्त्र बनाउन लागेको भन्दै चरमपन्थी काममा भाग नलिन आग्रह गर्नुभएको छ । यसैबीच रुसी सेनाले युक्रेनको राजधानी किएभलाई घेराबन्दीमा पारेका छन् । २५ किलोमिटर भन्दा नजिकबाट रुसी सेनाहरुले सानो सानो समूह बनाएर किएभलाई घेरा हालेर आक्रमण गरिरहेका बीबीसीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आक्रमणबाट अहिलेसम्म एक हजार तीन सय युक्रेनी सेनाको ज्यान गएको जानकारी दिनुभएको छ । जेलेन्स्कीलेले पत्रकार सम्मेलन गरेर झण्डै ६ सय रुसी सेनाले आत्मसमर्पण गरेका पनि दाबी गर्नुभएको छ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया