नेभिगेशन
बुधबार, मंसिर २, २०८३

नेपालले घरेलु मैदानमा खेल्ने एक दिवसीय र टी–२० सिरिजको खेल तालिका सार्वजनिक

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिदेशीय टी-२० सिरिज र एक त्रिदेशीयको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले पीएनजी र मलेसियासँगको त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज र पपुवा न्युगिनी पीएनजीसँगको एक त्रिदेशीयको खेल तालिका सार्वजनिक गरेको हो । नेपालले पीएनजीसँग मार्चमा दुई खेलको एक त्रिदेशीय सिरिज खेल्ने छ ।

टीयू क्रिकेट मैदानमा हुने सिरिजको पहिलो खेल मार्च २५ र दोस्रो खेल २६ मा हुनेछ । यस्तै टीयूमै हुने नेपाल, पीएनजी र मलेसियाबीचको त्रिदेशीय टी-२० सिरिज मार्च २८ देखि अप्रिल ४ सम्म हुनेछ ।

टी-२० सिरिज अन्तर्गत नेपालले मार्च २८ मा पीएनजीसँग, मार्च ३० मा मलेसियासँग, मार्च ३१ मा फेरि पीएनजीसँग र अप्रिल २ मा फेरि मलेसियासँग खेल्नेछ । फाइनल अप्रिल ४ मा हुनेछ ।
 

प्रकाशित मिति:
थप खेलकुद