निर्मलाको हत्यारालाई छिट्टै पक्राउ गरी सार्वजनिक गर्ने गृहमन्त्री थापाको प्रतिबद्धता

 भदौ २९, २०७५ शुक्रबार १८:३८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

गृहमन्त्री थापाले कञ्चनपुरका महिला अधिकारकर्मी र पीडित परिवारसँग शुक्रबार साँझ काठमाडौंमा भएको भेटमा हत्यारा नजिक पुगिएको उल्लेख गर्दै छिट्टै सार्वजनिक गर्ने आश्वासन दिनु भएको हो । 

हत्यारालाई छिट्टै सार्वजनिक गरी पीडितलाई न्याय दिने आश्वासन गृहमन्त्री थापाले दिनुभएको कञ्चनपुुरकी अधिकारकर्मी शारदा चन्दले जानकारी दिनुभयो । उहाँले गृहमन्त्री थापाले पीडितलाई न्याय दिने आश्वासन दिएपछि न्याय पाउने आशा पलाएको प्रतिक्रिया पनि दिनु भयो ।

अधिकारकर्मी, निर्मलाका बुवाआमा र स्थानीय अधिकारकर्मीहरुले गृहमन्त्री थापासँगको भेटमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिमा स्थानीय नागरिकका तर्फबाट एक जना पनि प्रतिनिधित्व नगराएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका थिए । नागरिक समाजलाई समेत समेटेर छानबिन समिति गठन नगरिएको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराइएको पनि अधिकारकर्मीले चन्दले बताउनुभयो ।

बलात्कारपछि हत्या गरिएकी निर्मलाका पीडित परिवारले लामो समयसम्म पनि न्याय नपाएपछि पीडित परिवार र कञ्चनपुरका अधिकारकर्मीहरु न्यायको खोजीमा काठमाडौं आइपुगेका छन । उनीहरुले हत्यारालाई सार्वजनिक गरी कडा कारबाही नगरेसम्म काठमाडौंबाट नफर्कने चेतावनी पनि सरकारलाई दिएका छन् ।


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया