तालिबानले छात्रालाई पनि विद्यालय जान दिने : निर्णयको अन्तर्राष्ट्रिय समुदायबाट स्वागत

 चैत ५, २०७८ शनिबार ६:५०:२ | एजेन्सी
unn.prixa.net

अफगानिस्तानको तालिबान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ ।

सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिबान सरकारको निर्णयको सर्वत्र आलोचना भएको थियो । उनीहरुले महिलालाई रोजगारीसमेत गर्न प्रतिबन्ध लगाएका थिए । तर सर्वत्र आलोचना भएपछि निर्णय फिर्ता लिइएको बताएका समाचार संस्था एएनआईले जनाएको छ ।

आलोचना, आग्रह र दबाबका कारण महिला अधिकारको पुनर्बहाली गर्ने तालिबान सरकारको निर्णयलाई संयुक्त राष्ट्र सङ्घले स्वागत गरेको छ । राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विद्यालयमा छात्रालाई अध्ययन अध्यापन गर्न दिने तालिबान सरकारको निर्णयको स्वागत गर्नुभएको हो ।

अर्को हप्तादेखि छात्रसँगै छात्रालाई पनि विद्यालय जान दिने निर्णयबाट आफू हर्षित भएको उहाँले उल्लेख गर्नुभएको छ । बालिकालाई पढ्न दिने तालिबान सरकारको निर्णयको अरु अन्तर्राष्ट्रिय निकाय तथा मानवअधिकारवादी सङ्घ सङ्गठनले पनि स्वागत गरेका छन् ।  

तस्बिर : यूनिसेफ 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया