भारत र जापानका प्रधानमन्त्रीबीच भेटवार्ता : दुई देशबीच थप सहकार्यबारे छलफल

 चैत ६, २०७८ आइतबार ६:४१:१४ | एजेन्सी
unn.prixa.net

भारत र जापानका प्रधानमन्त्रीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका जापानी समकक्षी फुमियो किशिदाबीच दिल्लीको हैदराबाद हाउसमा भेटवार्ता भएको हो । दुई देशबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध र सहकार्य थप बढाउन यो भेटवार्ता उपलब्धिमूलक भएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

भेटमा युक्रेनमाथि रूसले गरेको आक्रमण, युक्रेनमा उत्पन्न सङ्कट र दुई देशको युद्धका कारण विश्वबजारमा परेको प्रभावबारे पनि कुराकानी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पश्चिमी देशले रुसमाथि प्रतिबन्ध लगाएका बेला जापानका प्रधानमन्त्री किशिदाको भारत भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । आफ्नो दुई दिने भारत भ्रमणका क्रममा जापानका प्रधानमन्त्री किशिदा १४औँ भारत–जापान वार्षिक शिखर सम्मेलनमा सहभागी हुनुहनेछ ।

शिखर सम्मेलनले दुवै पक्षलाई विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको समीक्षा र सुदृढीकरणका साथै इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति, स्थायित्व र समृद्धिका लागि साझेदारी बढाउने विश्वास गरिएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया