सिद्धार्थ मल्होत्राले तापसी पन्नुसँग फिल्म खेल्न किन अस्वीकार गरे ?

 भदौ ३०, २०७५ शनिबार १९:१९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री तापसी पन्नु यतिबेला बलिउडकी व्यस्त नायिकाहरु मध्यकी एक हुन् । उनी बर्षभरि जति फिल्ममा काम गरिरहेकी छिन् त्यो अहिले बलिउडकी स्टार अभिनेत्रीहरुका लागि पनि मुस्किलको काम हो । 

साथै उनीद्वारा अभिनित ती फिल्महरुले बक्स अफिसमा ८० प्रतिशत नाफाको व्यापार पनि गरेकै हुन्छन् । तर यति हुँदाहुँदै पनि अभिनेता सिद्धार्थ मल्होत्राले भने तापसी पन्नुसँग फिल्ममा काम गर्न अस्किार गरेका छन् । 

यस अघिको खबर अनुसार अभिनेता सिद्धार्थ मल्होत्रा निर्देशक अनुराग बासुको फिल्ममा तापसीका साथ अभिनय गर्ने बताइएको थियो । तर अहिले भने सिद्धार्थले यस फिल्ममा काम गर्न अस्विकार गरिदिएको खबरहरु सार्वजनिक भएका छन् ।

सिद्धार्थले फिल्म छोड्नुको कारण यस फिल्मको छायाँकनको समय तालिका हो । सिद्धार्थले समय अभावका कारण यस फिल्ममा काम गर्न नसक्ने बताएका हुन् । अब दर्शकले अभिनेता सिद्धार्थ मल्होत्रा र तापसीको जोडीलाई अनुरागको यस फिल्ममा हेर्न पाउने छैनन्  । 

अहिले सिद्धार्थले यो फिल्म छोडे पनि उनी निर्देशक अनुरागको पहिलो रोजाई भने थिएनन् । अनुरागले पहिले अभिनेता अर्जुन कपूरलाई यस भूमिकाको लागि प्रस्ताव राखेका थिए । तर अर्जुन कपूरले फिल्म गर्न अस्विकार गरेपछि उनी सिद्धार्थकहाँ पुगेका थिए ।

 तर अहिले सिद्धार्थले समेत फिल्म छोडेपछि अनुराग नयाँ अभिनेताको खोजीमा छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया