एट्लेटिको मड्रिडकाे खराब प्रदर्शन कायम: एइबरसँग १-१ गाेलकाे बराबरी

 भदौ ३०, २०७५ शनिबार १९:५४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले खराब प्रदर्शन कायम राखेको छ । चौथो चरणको खेलमा एट्लेटिको एइबरसँग अंक बाँड्न बाध्य भयो ।

अघिल्लो खेलमा सेल्टा डी भिगोसँग पराजित भएको एट्लेटिकोले एइबरसँग मुस्किलले बराबरी गर्‍यो । बोर्जा गार्सेसले इन्ज्युरी समयको अन्तिम सेकेण्डमा गोल गरेपछि एट्लेटिकोले गुमाइसकेको खेलबाट एक अंक खोसेको थियो ।

एट्लेटिकोको मैदानमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको थियो । निर्धारित समय सकिनु तीन मिनेटअघि सेर्जी एनरिकले गोल गर्दै इबारलाई अग्रता दिलाए । इन्ज्युरी समयको चौथो मिनेटमा गार्सेसले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । उनले एन्टोइन ग्रिजम्यानको पासमा गोल गरेका थिए ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया