‘लू’ काे जाेमिखसँग लड्न सरकारसँग रणनीति छैन, पूर्वतयारीकाे ...
बैशाख ११, २०८१ मंगलबार
सुर्खेत – सुर्खेतमा रक्सी–जाँड बनाउन बनाउँदा कुहिएको मोजा, कपडा, चप्पल प्रयोग गरिएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले बरामत गरेको रक्सी–जाँड बनाउने कच्चा पदार्थमा मोजा, कपडा, चप्पल प्रयोग गर्ने गरेको पाइएको हो । प्रहरीले शनिबार एकै दिन रक्सी–जाँड उत्पादन गर्ने दुई हजार लिटर कच्चा पदार्थ नष्ट गरेको छ । वीरेन्द्रनगर नगरपालिकाको विभिन्न स्थानहरुमा बनाइएको रक्सी–जाँड समेत बरामत गरी शनिबार नष्ट गरेको हो ।
‘रक्सी–जाँड बनाउँदा कच्चा पदार्थका रुपमा पुराना कुहिएका मोजा, कपडा, चप्पलहरु प्रयोग गरेको पाइयो’, जिल्ला प्रहरी कार्यालय सुर्खेतमा डीएसपी श्यामसिंह चोधरीले भन्नुभयो, ‘ रक्सी–जाँड हामीले बरामत गरेर नष्ट गरेका छौँ । रक्सी–जाँड उत्पादन गर्ने व्यक्तिहरुलाई पहिलो पटक सम्झाइबुझाई गरेका छौँ ।’
शनिबार तयारी रहेको तीन सय ५० लिटर घरेलु रक्सी, उत्पादन गर्न प्रयोग गरिने कच्चा पर्दा दुई हजार लिटर र आठ थान रक्सी–जाँड उत्पादन गरिने भाँडाहरु नष्ट गरिएको डीएसपी चौधरीले जानकारी दिनुभयो ।
सुर्खेत प्रहरीले सुर्खेतमा अबैध घरेलु मदिरा उत्पादन नियन्त्रण गर्ने अभियान नै सुरु गरेको छ । घरेलु मदिराका कारण घरेलु हिंसा बढ्दै गएको, समाजमा झैझगडा हुने भएकाले प्रहरीले घरेलु रक्सी–जाँड उत्पादनमा नियन्त्रण गर्न अभियान सुरु गरेको कार्यालयले जनाएको छ । उहाँले घरेलु रक्सी–जाँड नियन्त्रणले शान्ति सुरक्षा सुव्यवस्था गर्न पनि सहज भएको बताउनुभयोे ।