नौजना प्रहरी घुससहित पक्राउ

 भदौ ३०, २०७५ शनिबार २०:१६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौजना प्रहरीलाई घुससहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चार सिपाही, तीन हवल्दार र दुई असई छन् । सिपाहीदेखि असईसम्म नौ जनालाई एक लाख रुपैयाँ घुससहित बानेश्वरका विभिन्न ठाउँबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

घुस लिँदै छ भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको र अहिले अख्तियारको कार्यालय लगिएको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो । उनीहरुलाई बालुवाखानी सञ्चालकसँग धम्क्याएर एक लाख रुपैयाँ घुस लिएको उहाँले बताउनुभयो ।

पक्राउ परेकामध्ये असई गोपाल श्रेष्ठबाट सबैभन्दा बढी ३० हजार रुपैयाँ बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया