इरानमा इजरायलको क्षेप्यास्त्र आक्रमण
बैशाख ७, २०८१ शुक्रबार
अभिनेता टाइगर श्रफ र दिशा पटानी लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए ।
यी दुवैले आफूहरुबीचको सम्बन्धलाई सार्वजनिक रुपमा घोषणा नगरे पनि अधिकाँश समय एकअर्काकै साथमा बिताउँदै आइरहेका थिए ।
केही दिनअघि मात्रै टाइगरले दिशासँगभन्दा पनि उनको नयाँ फिल्मकी अभिनेत्रीसँग समय बिताउन थालेपछि दिशा टाइगरसँग रिसाएको खबर सार्वजनिक भएको थियो ।
अहिले टाइगर र दिशाले एकअर्कासँग छुट्टिने निर्णय लिएको खबरहरु आइरहेका छन् ।
यसरी लामो समयदेखिको सम्बन्ध एकाएक टुट्नुको कारण टाइगरकी तिनै नयाँ अभिनेत्री तारा सुतारिया हुन् । टाइगरले दिशाभन्दा तारा सुतारियासँग समय बिताउन थालेका कारण दुवैको ब्रेकअप भएको हो ।
अब टाइगर र दिशाले केवल असल साथीको सम्बन्धलाई मात्रै अगाडि बडाउने निर्णय लिएका छन् ।
दिशा पटानी र टाइगर श्राफले फिल्म ‘बागी २’ मा जोडीको रुपमा स्क्रिन सेयर गरेका थिए । यो फिल्म बक्स अफिसमा सुपरहिट सावित भएको थियो । साथै ‘बागी २’ सन् २०१८ को सर्वाधिक कमाइ गर्ने फिल्म मध्यको एक बनेको छ ।
तर दुर्भाग्य दिशा र टाइगरको जोडी भने यसै वर्ष छुट्टिएको छ । यस खबरले टाइगर र दिशाका फ्यानहरुलाई भने दुख बनाउन सक्छ ।