रजनीकान्तमाथि मानहानीको आरोप, जरिवानास्वरुप एक अर्ब एक करोड माग

 जेठ २१, २०७५ सोमबार १६:०:४८ | एजेन्सी

दक्षिण भारतीय चलचित्र उद्योगका सुपरस्टार रजनीकान्त फिल्म ‘काला’ का कारण कानूनी झमेलामा परेका छन् ।  

मुम्बईका जवाहर नाडर नामका एक पत्रकारले ‘काला’ मार्फत रजनीकान्तले मानहानी गरेको आरोप लगाएका छन् । पत्रकारका अनुसार यो फिल्म उनका पिता थिरावियम नाडरको जीवनमा आधारित छ । तसर्थ त्यसको जरिवानास्वरुप फिल्म १०१ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । 

फिल्म ‘काला’ मा रजनीकान्तले जुन पात्रको भूमिका निर्वाह गरेका छन् उक्त पात्र आफ्ना पिताको वास्तविक जीवन रहेको पत्रकार नाडरले दावी गरेका छन् । साथै फिल्ममा आफ्ना पिताको जीवनीलाई गलत तरिकाले प्रस्तुत गरिन लागिएको आरोप पनि लगाएका छन् । 

नाडरले उनका वकिलका माध्यमबाट मानहानीको आरोप लगाएका छन् । उनले ‘काला’ फिल्मको निर्माण पक्षलाई लिखित रुपमा माफी माग्न र जरिवाना स्वरुप १०१ करोड क्षतिपूर्तिको माग गरेका छन् । 

रजनीकान्तको फिल्म ‘काला’ उनका ज्वाईँ धनुषले निर्माण गरेका हुन् । यस फिल्ममा हुमा कुरेशी र नाना पाटेकरको भूमिका पनि प्रमूख रहेको छ । फिल्ममा तामिलनाडुबाट भागेर मूम्बई आएको एक जना युवक जो पछि मुम्बईको शक्तिशाली डन बन्छ । उक्त डनको भूमिकामा रजनीकान्त छन् भने  भने नाना पाटेकर एक नेताको भूमिकामा छन् । अभिनेत्री हुमा कुरेशी रजनीकान्तको जोडीको रुपमा ४५ वर्षीया महिलाको भूमिकामा छिन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया