साविक विजेता भारतलार्इ निराश पार्दै मालदिभ्सले उचाल्याे साफ कपकाे उपाधि

 भदौ ३०, २०७५ शनिबार २१:१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशमा सम्पन्न १२ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ ।

बंगलादेशको ढाकामा रहेको बंगबन्धु रंगशालामा ६ पटकको उपाधि विजेता तथा डिफेन्डिङ  च्याम्पियन भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले दोस्रो पटक साफ च्याम्पियनसिपको  उपाधि जितेको हो ।

साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भारतले फाइनलमा सोँचे जस्तो प्रदर्शन भने गर्न सकेन । सुरुदेखि नै आक्रामक खेल खेलेको माल्दिभ्सले पहिलो हाफ र दोस्रो हाफमा एक एक गोल गरेको थियो ।

१९ औं मिनेटमा माल्दिभ्सका लागि इब्राहिम मुहिद्दिन हसनले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । उनले नजिज हसनको पासलाई गोलमा परिणत गरेका थिए । पहिलो हाफमा १ गोलको अग्रता लिएको माल्दिभ्सले दोस्रो हाफमा पनि १ गोल थपेको थियो ।

भने अन्तिम समयमा १ गोल भारतले गरेको थियो । ६६ औं मिनेटमा अलि फसिरले गोल गर्दै माल्दिभ्सलाई साफ च्याम्पियनसिपको उपाधि नजिक पुर्‍याएका थिए । 

खेलको ९१औं मिनेटमा भारतका सुमित पासीले गोल गर्दै भारतलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर त्यसपछि कुनै गोल नभएपछि माल्दिभ्सले पहिलो उपाधि जितेको १० बर्ष पछि दोस्रो उपाधि हात पार्न सफल भयो । माल्दिभ्सले यसअघि यसअघि सन् २००८ मा पहिलो उपाधि जितेको थियो ।

भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि जितेको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया