राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि श्रीलंकामा संकटकाल घोषणा

 चैत १९, २०७८ शनिबार ६:४९:९ | एजेन्सी
unn.prixa.net

श्रीलंकामा राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि संकटकाल घोषणा गरिएको छ । श्रीलंकामा आर्थिक संकट, खाद्यान्न अभाव, महंगी र लोडसेडिङको विरोधमा आन्दोलन चर्किएको छ ।

प्रदर्शनकारीले राष्ट्रपति गोटबाया राजपाक्षेको निवास बाहिर कर्फ्यु तोडेर प्रदर्शन गरेपछि संकटकाल घोषणा गरिएको बीबीसीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा र अश्रु ग्यास प्रहार गरेको छ । त्यस क्रममा झडपसमेत भएको छ । विरोध प्रदर्शनपछि राजधानी कोलम्बोमा प्रहरीकाे उपस्थिति बढाइएको छ । प्रहरीले ५४ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

स्थिति थप गम्भीर हुन सक्ने भन्दै राष्ट्रपति राजपाक्षेले संकटकाल घोषणा गर्नुभएको खबरमा उल्लेख छ । श्रीलंकाको पश्चिमी प्रान्तमा आजदेखि लागू हुने गरी मध्यरातिदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागेको छ ।  श्रीलंकामा अहिले नियमित रुपमा दैनिक १३ घण्टा लोडसेडिङ हुँदै आएको छ भने खाद्यान्नदेखि पेट्रोलियम पदार्थ किन्नसमेत हम्मेहम्मे परेको छ ।  

श्रीलंकाको आर्थिक संकटको मुख्य जड वैदेशिक मुद्राको सञ्चिति शक्तिशाली नहुनु नै भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  वैदेशिक सञ्चिति स्वाट्टै घट्नुमा मुख्यतया पर्यटन क्षेत्र खस्कनु, अर्गानिक खेतीमा समस्या देखिनु र वैदेशिक ऋण नै भएको भनिएको छ ।

श्रीलंकाको अर्थतन्त्रको एक प्रमुख हिस्सा पर्यटन क्षेत्र हो । अर्थतन्त्रको १० प्रतिशत कुल गार्हस्थ उत्पादनको हिस्सा पर्यटन क्षेत्रको छ । तर, सन् २०१९ को अन्तिमबाट कोभिड–१९ आतंक सुरू भएसँगै श्रीलंकाको यो महत्वपूर्ण आर्थिक क्षेत्र ठप्प भएको थियो । 
 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया