राजधानी किभ पूर्ण रुपमा आफ्नो नियन्त्रणमा आएको युक्रेनको भनाई

 चैत २०, २०७८ आइतबार ६:४९:४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – युक्रेनले राजधानी किभ पूर्ण रुपमा आफ्नो नियन्त्रणमा आएको बताएको छ । रुसी सेना फिर्ता हुन थालेपछि किभका सबै क्षेत्रमा आफ्नो पकड फिर्ता भएको युक्रेनको रक्षा मन्त्रालयले बताएको बीबीसीले जनाएको छ ।

रुसी सेनाले किभ नजिकैको होस्टमेल विमानस्थल पनि छाडेका छन् । रुसी सेनाले होस्टमेल विमानस्थललाई केन्द्र बनाएर किभमा आक्रमण गरिरहेको थियो । रुसी सेना किभ सहित युक्रेनको प्रमुख सहरहरुबाट फिर्ता हुन थालेको छ । टर्कीमा भएको प्रत्यक्ष वार्ता र त्यसपछि भएको भर्चुअल वार्तामा सहमतीका आधारहरु तयार हुन थालेकाले कारवाही घटाएर सेना फिर्ता गर्न थालेको रुसले जनाएको छ ।

युक्रेनका राष्ट्रपती भलोदिमिर जेलेन्स्कीले भने रुसले युक्रेनको पूर्वी र दक्षिणी क्षेत्र कव्जा गर्न चाहेको बताउनुभएको छ । एउटा भिडियो सन्देशमा जेलेन्स्कीले किभबाट सेना पछि हटेपनि डोनबास तथा दक्षिण क्षेत्रमा कव्जा गर्न प्रयास हुनसक्ने भन्दै सतर्क रहनुपर्ने बताउनुभएको छ ।   
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया