कङ्गोमा खटिएको शान्ति सेनामाथि आक्रमण : एक जना नेपाली सैनिकको ज्यान गयो

 चैत २३, २०७८ बुधबार ९:१८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शान्ति स्थापनार्थ कङ्गोमा खटिएका एक जना नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट ज्यान गएको छ ।

अपरेशन ‘बाली’ का क्रममा प्रमुख सेनानी निकिल कुँवरको नेतृत्वमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि हिजो विद्रोहीले आक्रमण गरेका थिए । आक्रमणबाट एक जना नेपाली सेनाको ज्यान गएको  संयुक्त राष्ट्र सङ्घले पुष्टि गरेको छ ।

ज्यान गुमाएका सैनिकको परिचय भने खुलाइएको छैन । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले शोक विज्ञप्ति निकालेर मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै शान्ति सेनामाथि भएको आक्रमणको निन्दा पनि गर्नुभएको छ ।

महासचिव गुटेरेसले घटनाकाे छानबिन गरी दाेषीलाई कानुनी दायरामा ल्याउन कङ्गाेका अधिकारीलाई आग्रह गर्नुभएकाे छ । 

तस्बिर : यूएन न्युज

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया