पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
कास्की – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको काम अन्तिम चरणमा पुगे पनि कहिलेदेखि सञ्चालन हुन्छ भन्ने अनिश्चित छ । पोखरा महानगरपालिकाले विमानस्थलको नजिकै रहेको ल्यान्डफिल साइट नसार्दा विमानस्थल सञ्चालन अनिश्चित भएको हो । निर्माणको काम अन्तिम चरणमा पुगी रहँदा विमानस्थल कहिलेदेखि सञ्चालन हुन्छ भन्ने टुङ्गो नलागेपछि बुद्ध एअरले पोखरामा सरोकारवालासगँ छलफल चलाएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको उपस्थितिमा भएको छलफलमा १५ दिनमा ल्यान्डफिल साइटको जग्गा पहिचान गरी प्रतिवेदन पेस गर्ने सहमति भएको छ । मुख्यमन्त्री पोखरेलले अहिलेको ल्यान्डफिल साइट एअरपोर्टको नजिकै रहेको र यसको विकल्प नखोजेसम्म उडान सुरु गर्न नसकिने भएकाले यसतर्फ छिटै काम थाल्न पोखरा महानगरपालिकालाई निर्देशन दिनुभयो । उहाँले विमानस्थलले पोखरासँग बाहिरी देशको सिधा सम्पर्क गराउने भएकाले अब पोखराका भौतिक संरचना पनि त्यहीअनुसार बनाउनुपर्ने बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले ल्यान्डफिल साइटका लागि जग्गाको खोजी भइरहेको जानकारी दिनुभयो । जग्गा खोजेको ठाउँमा स्थानीयवासीको विरोधका कारण काम अगाडि बढाउन नसकिएको उहाँको भनाइ छ । ठाउँ पहिचान हुनेबित्तिकै प्रशासनको सहयोगमा जग्गा अधिग्रहणको काम अगाडि बढ्ने उहाँले बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले पोखरा विमानस्थल सबैको सरोकारको विषय भए पनि यसको सञ्चालनमा ठूलो चुनौती रहेको बताउनुभयो । उहाँले विमानस्थल सञ्चनलको तयारीका लागि ढिला भइसकको भन्दै अब तीन तहकै सरकार यसमा अग्रसर भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
बुद्ध एअरका कार्यकारी निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले गण्डकी प्रदेशका सबै बासिन्दाको समानुपातिक आर्थिक उन्नतिको बाटो खोल्ने बताउनुभयो । उहाँले विमानस्थल सञ्चालनका लागि ल्यान्डफिल साइट छिटो अन्यत्र सार्न अनुरोध गर्नुभयो ।
पोखरा विमानस्थल नजिकै ल्यान्डफिल साइट भएका कारण चराहरू विमानस्थल वरपर आउने हुँदा विमास्थल सञ्चालन गर्न कठिन हुने पोखरा विमानस्थलका निर्देशक विक्रम गौतमले बताउनुभयो । विमानस्थल सञ्चालनका लागि मुख्य चुनौती ल्यान्डफिल साइट, पूर्वतिरको रिठेपानीडाँडा र वर्षायामको भल रहेको छ ।
उहाँका अनुसार ल्यान्डफिल साइटमा चराहरूको आवतजावत बढी नै हुन्छ । चराको आनीबानी परिर्वतन गर्न ६ महिना लाग्ने उहाँले बताउनुभयो । अहिलेकै अवस्थामा विमानस्थलमा चराको सबैभन्दा बढी खतरा रहेको निर्देशक गौतमको भनाइ छ । तत्कालै ल्यान्डफिल साइट विमानस्थलभन्दा ६ किलोमिटर पर सार्नुपर्ने उहाँले बताउनुभयो ।
विमानस्थलको ९५ प्रतिशत काम सकिँदा ल्यान्डफिल साइट निर्माण र रिठेपानीडाँडा कटानमा ढिलाइ भइरहेको छ । विमानस्थल डेकोरेशन, फिनिसिङलगायतका काम बाँकी छ । विमानस्थलको रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर लगायतका १४ वटा भवनको निर्माण काम यसअघि नै सकिएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) एउटा जडान भइसकेको छ भने अर्को जडान गर्न बाँकी रहेको छ । गएको जुलाई १० मै निर्माणको काम सकेर हस्तान्तरण गर्ने भनिएको भए पनि कोरोना सङ्क्र्रमणका कारण एक वर्षपछि सरेको थियो । विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।