एमाले र राप्रपा नेपालबीच पालिका चुनावमा तालमेल गर्ने सहमति, ५ बुँदामा हस्ताक्षर

 चैत ३०, २०७८ बुधबार १५:५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पालिकाको चुनावमा तालमेल गर्ने सहमति भएको छ । दुवै दलका नेताहरूबीच आज बुधवार भएको छलफलपछि पाचँ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमतिमा सम्भव भएसम्मका पालिकामा तालमेल गर्ने, राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि उनीहरू राप्रपा नेपालमै आबद्ध रहने लगायतका सहमति भएको छ ।

त्यस्तै राप्रपा नेपालले उम्मेदवार नदिएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ । एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका प्रवक्ता सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेको सहमतिअनुसार दुवै दलका जिल्ला कमिटीहरूले आपसमा छलफल गरेर सहकार्यकाका लागि प्रस्ताव केन्द्रमा पठाउने सहमति भएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया