जुम्लामा २ दिनदेखि इन्टरनेट सेवा बन्द, काम प्रभावित

 बैशाख २, २०७९ शुक्रबार १३:४३:७ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा दुई दिनदेखि इन्टरनेट सेवा बन्द भएको छ । इन्टरनेट बन्द हुँदा सरकारी कामकाजदेखि अन्य काम प्रभावित भएको छ । मोबाइल डाटा पनि नचल्दा सेवाग्राही मर्कामा परेका छन् । 

नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले इन्टरनेट नहुँदा समाचार पठाउनसमेत सकस भइरहेको जानकारी दिनुभयो । 

नेपाल टेलिकम कार्यालय जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार दैलेखको रातालाग्नादेखि कालीकोटको भर्ताबीचमा समस्या आएको छ । अहिले समस्या देखिएको ठाउँमा टेलिकमको टोली पुगिसकेको र काम थालेको उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया