आईपीएल क्रिकेटमा बेङ्ग्लाेरले दिल्लीलाई हरायो

 वैशाख ४, २०७९ आइतबार ६:३६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

गएराति मुम्बईमा भएको खेलमा बेङ्ग्लाेरले दिल्लीलाई १६ रनले हरायो । बेङ्ग्लाेरले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो । दिल्लीका डेभिड वार्नरले ६६ रनको अर्धशतकीय पारी खेले ।

बेङ्ग्लाेरका जोश हाजलउडले ३ तथा मोहमद सिराजले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लाेरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन जोडेको थियो । बेङ्ग्लाेरका लागि दिनेश कार्तिकले ६६ तथा ग्लेन म्याक्सवेलले ५५ रनको अर्धशतकीय पारी खेले ।

दिल्लीका शार्दुल ठाकुर, खलिल अहमेद, अक्षर पटेल र कुलदीप यादवले एक/एक विकेट लिए । जितसँगै बेङ्ग्लाेरले ६ खेलमा ८ अङ्क जोडेको छ । बेङ्ग्लाेर तेस्रो स्थानमा उक्लिएको छ । दिल्ली ५ खेलमा ४ अङ्क जोडेर आठौँ स्थानमा छ । हिजो भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्ससँग पराजित हुँदै लगातार छैटाैँ हार बेहोरेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया