अफगानिस्तानका २ वटा सहरमा बम विस्फोट, १६ जनाको ज्यान गएको पुष्टि

 वैशाख ९, २०७९ शुक्रबार ६:३२:५ | एजेन्सी
unn.prixa.net

तस्बिर : फ्रान्स २४

अफगानिस्तानका दुई वटा सहरमा भएको बम विस्फोटमा परि १६ जनाको ज्यान गएको पुष्टि भएको छ । बाल्ख प्रान्तको मजार–इ–शरीफमा रहेकाे एक शिया मस्जिदमा विस्फोट हुँदा १२ जनाको ज्यान गएको छ । तालिबान सरकारका प्रवक्ता मोहम्मद आसिफ अन्सारीले विस्फोटमा परि घाइते भएका ३२ जनाको अवस्था गम्भीर रहेको बताएका रोयटर्सले जनाएको छ ।

त्यस्तै कुन्दुजमा भएको आक्रमणमा चार जनाको ज्यान गएको छ । त्यहाँ १८ जना घाइते भएका छन् । अफगानिस्तानमा तालिबान समूह सत्तामा फर्किएपछि बम आक्रमण तथा विस्फोटका घटना कमी भएका थिए ।

पछिल्लो बम आक्रमणको जिम्मा अफगानिस्तानको इस्लामिक स्टेट समूह (आईएसआईएस) ले लिएको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया