आईपीएलमा चेन्नई विजयी, हैदराबाद १३ रनले पराजित

 वैशाख १९, २०७९ सोमबार ६:३९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । गएराति भएको खेलमा चेन्नईले सनराइजर्स हैदराबादलाई १३ रनले हराएको हो ।

चेन्नईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि निकोलस पुरनले ६४ रनको अर्धशतकीय पारी खेले। यस्तै,  कप्तान केन विलियम्सनले ४७ रन बनाए भने अभिषेक शर्माले ३९ र शशाङ्क सिंहले १५ रन जोडे ।

चेन्नईका मुकेश चौधरीले ४ विकेट लिए भने मिचेल सान्टर र ड्यानी प्रेटोरियसले एक/एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।

चेन्नईका लागि ऋतुराज गायकवाडले सर्वाधिक ९९ रनको अर्धशतकीय पारी खेले । यस्तै, डेभोन कोन्वेले ८५ रनको अर्धशतकीय पारी खेले । कप्तान महेन्द्र सिंह धोनी ८ रनमा आउट भए । हैदराबादका टी नटराजनले २ विकेट लिए  ।

जितसँगै ९ खेलमा ६ अङ्क जोडेको चेन्नई नवौँ स्थानमा छ । हैदराबाद ९ खेलमा १० अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया