रुकुम पश्चिम : माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

 बैशाख २२, २०७९ बिहिबार १२:२४:९ | राजु लामिछाने
unn.prixa.net

घटनास्थलतर्फ जाँदै गरेको सुरक्षाकर्मीको टोली

रुकुम पश्चिम - रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । त्रिवेणी गाउँपालिका वडानम्बर ९ नुवाकोटमा आज बिहान कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच  झडप भएको हाे। 

झडपका क्रममा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार चढेको गाडीमा तोडफोड भएको छ । अध्यक्ष पदका उम्मेदवार अमरसिंह खड्का चढेको रा १ च १२६२ नम्बरको जीप तोडफोड भएकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले नुवाकाेट प्रहरी चौकीमा थोरै जनशक्ति भएका कारण झडप नियन्त्रणमा लिन गाह्रो भएको बताउनु भएकाे छ । उहाँले जिल्लाबाट थप सुरक्षाकर्मी झडप भएकाे स्थलतर्फ जाँदै गरेकाे जानकारी दिनुभयाे । 

 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया