आईपीएल क्रिकेटमा चेन्नई विजयी, दिल्ली ९१ रनले पराजित

 वैशाख २६, २०७९ सोमबार ६:२७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्ग्स ९१ रनले विजयी भएको छ । मुम्बईमा गएराति सकिएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएको हो ।

चेन्नईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ४ बलमा अलआउट हुँदै १ सय १७ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि मिचेल मार्शले सर्वाधिक २५ रन जोडे । यस्तै, शार्दुल ठाकुरले २४, ऋषव पन्तले २१ र डेभिड वार्नरले १९ रन बनाए ।

चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए भने मुकेश चौधरी,सिमर्जित सिंह र ड्वाने ब्राभोले २/२ विकेट लिए । यस्तै, महेश थिकशनाले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले ६ विकेट गुमाएर २ सय ८ रन जोडेको थियो ।

चेन्नईका लागि डेभोन कोन्वेले ८७ रनको अर्धशतकीय पारी खेले भने रुतुराज गायकवाडले ४१ रन, शिवम् डुबेले ३२ र कप्तान महेन्द्र सिंह धोनीले २१ रन जोडे । दिल्लीका एन्रिच नोटिर्जले ३ विकेट लिए भने  खलिल अहमेदले २ र मिचेल मार्सले एक विकेट लिए । जितसँगै ११ खेलमा ८ अङ्क जोडेको चेन्नई अङ्क तालिकाको आठौँ स्थानमा छ ।

दिल्ली ११ खेलमा १० अङ्क जोडेर पाँचौँ स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया