प्रिमियर लिगमा न्युक्यासललाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

 बैशाख २६, २०७९ सोमबार ६:३५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले न्युक्यासललाई ५–० गोल अन्तरले हराएको हो।

जितसँगै  सिटी शीर्ष स्थानमा पुगेको छ । उसले लिभरपुलसँगको दूरी ३ अङ्कले बढाएको छ । ३५ खेलमा ८६ अङ्ककासाथ सिटी शीर्ष स्थानमा उक्लदा लिभरपुल समान खेलमा ८३ अङ्कसहित दोस्रो स्थानमा छ ।

सिटीलाई जिताउन रहिम स्ट्रर्लिङले दुई गोल गरे भने एम्रिक लापोर्ट, रोड्री र फिल फोडेनले एक/एक गोल गरे ।

यस्तै, गएरातिकै खेलमा वेष्टह्यामले नर्विच सिटीलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

वेष्टह्यामका लागि बेनरमाले गोल गरे भने एन्टोनियो र लाजिनिले एक/एक गोल गरे । जितपछि ५५ अङ्क रहेको वेष्टह्याम तालिकाको सातौँ स्थानमा छ ।

यस्तै, गएरातिकै अरु खेलमा आर्सनल र एभर्टन विजयी भएका छन् ।

आर्सनलले लिड्स युनाइटेडलाई र एभर्टनले लेस्टर सिटीलाई समान २–१ गोल अन्तरले  पराजित गरेका हुन् । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया