१३औँ सागको स्वर्ण विजेता सञ्जु मृत भेटिइन्

 बैशाख २७, २०७९ मंगलबार ११:१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १३ औँ दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत भेटिएकी छिन् ।

एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा मृत भेटिएकी ललितपुरका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहले जानकारी दिनुभयो ।

घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले १३ औँ सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् ।  
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया