एमाले वैशाख ३० गतेकाे प्रतीक्षामा छ : अध्यक्ष ओली

 बैशाख २७, २०७९ मंगलबार १८:६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चुनावमा आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको दाबी गर्नुभएको छ । अध्यक्ष ओलीले आफूहरू एमालेको जितका लागि वैशाख ३० गतेको प्रतीक्षामा रहेको पनि बताउनुभयो । 

आज मङ्गलवार काठमाण्डाैमा आयाेजित चुनावी सभामा बोल्दै उहाँले आफ्नो पार्टीले देश र जनताको हितका लागि पनि अत्यधिक बहुमतका साथ पालिका चुनावमा जित्नुपर्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले जितको तयारी गरिसक्याैँ । नेकपा एमालेकाे जित अनिवार्य छ । यो व्यक्तिहरूको बीचको वा उम्मेदवारको बीचको मात्रै लडाइँ होइन । को कुन पार्टीबाट उठ्यो त्यो त्यत्रो ठूलो कुरा होइन ।’

सभामा अहिले ओलीले सम्बोधन गरिरहनुभएको छ । यसअघि बोल्नुभएका काठमाण्डाै महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले आफूहरू विजयी हुने र एक वर्षभित्रै काठमाण्डाैमा रहेको फोहोरको समस्या समाधन समाधान गर्ने आश्वासन दिनुभएको थियो ।

कार्यक्रममा ओलीले नेकपा एकीकृत समाजवादीका सल्लाहकार पुण्य गौतमलाई पनि पार्टीमा स्वागत गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया