बिहान ६ बजेदेखि गाडी चलाउन रोक

 वैशाख ३०, २०७९ शुक्रबार ५:४७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज हुन गइरहेको पालिका चुनावको लागि आज बिहान ६ बजेदेखि देशभर गाडी चलाउन रोक लगाइएको छ ।

चुनावको बेला आचारसंहिता उल्लङ्घन र अरु अप्रिय घटनाहरु नहुन् भनेर आज बिहान ६ बजेदेखि बेलुका मतदानको समय नसकिउञ्जेल दुई पाङ्ग्रे लगायत सबै गाडीहरु चलाउन रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

एक ठाउँमा मत हालेको व्यक्ति अर्को ठाउँमा गएर भिड जम्मा नगर्न तथा अनावश्यक प्रभाव पार्ने काम रोक्न गाडी चलाउन बन्द गर्नुपरेको गृह मन्त्रालयको भनाइ छ । यो अवधिमा अत्यावश्यक गाडी चाहिँ सञ्चालन हुनेछन् ।

एम्बुलेन्स, शव वाहन, दूध तथा तरकारी बोकेका गाडी लगायत अत्यावश्यकीय सेवाका गाडीलाई पास चाहिँदैन । अरु आवश्यक सेवाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा निर्वाचन आयोगको कार्यालयबाट पासको व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ । 
 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया