प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो ८ घण्टे स्पष्टीकरण

 वैशाख ३०, २०७९ शुक्रबार ६:१७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै -  निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आठ घण्टे स्पष्टीकरण सोधेको छ । 

चितवन पुगेर गठबन्धन उम्मेदवार तथा कार्यकर्ता लगायतसँग भेटेको भन्दै आयोगले प्रचण्डलाई ८ घण्टाभित्र लिखित स्पष्टीकरण दिन भनेको हो । 

मौन अवधिमा कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने व्यवस्था विपरीत अध्यक्ष प्रचण्डले चितवनको माडी नगरपालिका–७ मा रहेको होटल प्याराडाइजमा गठबन्धन उम्मेदवार र कार्यकर्ताहरूसहित करिब ३० जना व्यक्तिसँग भेटघाट गर्नु भएको आयोगले जनाएको छ । 

‘मौन अवधिमा यहाँबाट भएका क्रियाकलापबाट निर्वाचन आचारसंहिता, २०७८ को दफा १६ को खण्ड (क) र खण्ड (ग) मा उल्लेखित ‘मौन अवधिमा पालना गर्नुपर्ने आचरणको उल्लङ्घन भएको छ। प्रस्तुत सन्दर्भमा यहाँबाट निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको अवस्थामा यहाँको नाम निर्वाचन आचारसंहिताको उल्लङ्घनकर्ताको रुपमा किन सार्वजनिक गर्नु नपर्ने हो? ’ आयोगको पत्रमा भनिएको छ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया