पालिका तह चुनावकाे मत परिणाम माओवादीका लागि उत्साहजनक : वर्षमान पुन

 जेठ ४, २०७९ बुधबार १५:११:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पालिका तह चुनावको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गर्नु भएको छ ।

बुधबार नयाँ बानेश्वरमा रहेकाे संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले पालिका तह चुनवाको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताउनुभएको हो । उहाँले चुनावी परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रुचाएको पुष्टि भएको प्रतिक्रिया समेत दिनु भयो । नेता पुनले पार्टीको अपेक्षा अझै धेरै जित्ने भए पनि आन्तरिक मतभेदहरु मिलाउन नसकिएकाले अझ राम्रो हुन नसकेको बताउनुभयो ।

नेता पुनले पालिका तह चुनावमा २५ प्रतिशत ठाउँमा मात्र गठबन्धन गरेको उल्लेख गर्दै गठबन्धन सफल भएको बताउनुभयो । केही ठाउँमा माओवादीलाई मत नहालिएको भए पनि धेरै ठाउँमा गठबन्धन सफल भएको उहाँको भनाइ छ । गठबन्धनको औचित्य अझै रहेको भन्दै नेता पुनले प्रदेश र केन्द्रको निर्वाचनसम्म गठबन्धन जाने बताउनुभयो । उहाँले पार्टीको जित वा हारको कारण गठबन्धनलाई मात्रै मान्न नसकिने पनि उल्लेख गर्नुभयाे ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया