काठमाण्डौ महानगर : बालेन शाहभन्दा केशव स्थापित १० हजार १०८ मतले पछाडि

 जेठ ५, २०७९ बिहीबार ८:१०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरमा बालेन शाहले मतान्तरलाई फराकिलो बनाउँदै जानु भएको छ । महानगरको पछिल्लो मत परिणामअनुसार ५५ हजार ७९२ मत गन्दा बालेन शाहले २१ हजार ३२४ मत प्राप्त गर्नु भएको छ  ।

एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म ११ हजार २१६ मत प्राप्त गर्नुभएको छ । स्थापित शाहभन्दा १० हजार १०८ मतले पछाडि हुनुहुन्छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ३६२ मत प्राप्त गर्नु भएको छ  ।  

उपमेयरमा एमालेकी सुनिता डङ्गोलको फराकिलो अग्रता कायमै छ । उहाँले अहिलेसम्म २० हजारभन्दा धेरै मत पाउनु भएको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया