कांग्रेसले तोड्यो एमालेको रेकर्ड, माओवादी सुधारियो

 जेठ ६, २०७९ शुक्रबार १८:३७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पालिका चुनाव २०७४ मा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेको रेकर्ड यसपाली कांग्रेसले तोडेको छ । २०७४ सालको चुनावमा एमालेले दुई सय ९४ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेकोमा यस पटकको पालिका चुनावमा ६ सय ६१ वटा पालिकाको नतिजा सार्वजनिक हुँदा नै कांग्रेसले दुई सय ९६ वटा पालिका जितिसकेको छ ।

कांग्रेसले २०७४ सालको चुनावमा दुई सय ६६ वटा पालिकाको प्रमुख तथा अध्यक्ष पद जितेको थियो । यस्तै माओवादी केन्द्रले पनि २०७४ सालको पालिका चुनाव भन्दा यो वर्ष आफूलाई सुधारेको छ । २०७४ सालको चुनावमा एक सय ६ वटा पालिकाको प्रमुख तथा अध्यक्ष पद जितेको माओवादी केन्द्रले अहिलेसम्ममा एक सय १३ वटा पालिकाको प्रमुख तथा अध्यक्ष पद जितिसकेको छ । एमाले अहिलेसम्म एक सय ८३ वटा पालिकाको मेयर तथा अध्यक्ष पद जितेको छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया