ललितपुरमा चिरीबाबुलाई झन्डै १० हजार मतकाे अग्रता

 जेठ ६, २०७९ शुक्रबार २०:२६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ललितपुर महानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनको अग्रता कायमै छ । महर्जनले नाै हजार नाै सय ६९ मतकाे अग्रता लिइरहनुभएकाे छ ।

४५ हजार नाै सय दुई मत गन्दा महर्जनले २३ हजार पाँच सय २० मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १३ हजार पाँच सय ५१ मत पाउनुभएको छ ।

उपमेयरमा भने नेकपा एमालेले अग्रता लिएकाे छ । एमालेकी उम्मेदवार मञ्जली शाक्यले १३ हजार चार सय एक मत ल्याउँदा नेकपा माओवादी केन्द्रका बाबुराम बज्राचार्यले नाै हजार तीन सय ५८ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया