हटौँडा उपमहानगरमा मेयरमा समाजवादीका लामा र उपमेयरमा कांग्रेसका बानिया विजयी

 जेठ ६, २०७९ शनिबार ५:२७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर - हेटौँडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादी विजयी भएको छ ।

एकीकृत समाजवादीका मीनाकुमारी लामा २३ हजार ८० मत ल्याएर विजयी हुनुभएको हो ।

एमालेका अनन्तप्रसाद पौडेलको २० हजार ९ सय ८ र राप्रपाका दीपकबहादुरकाे सिंह २० हजार ५ सय ३१ मत आएको छ । हेटौँडाको उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले ३३ हजार १ सय १४ मत ल्याएर निर्वाचित हुनुभयो ।

उहाँका प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २४ हजार ३ सय २८ मत ल्याउनुभयो । राप्रपाका उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेले ५ हजार ५ सय ९७ मत प्राप्त गर्नुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया