पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना सङ्क्रमण भएकाे पुष्टि

 जेठ ७, २०७९ शनिबार १७:४२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ३ हजार ३० जनाको नमूना परीक्षण गर्दा ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै, थप १२ जना निको भएसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय ४८ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएन भने कोरोना विरुद्धको खोप लगाएको विवरण पनि प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया