पाेखरा महानगरमा धनराज आचार्य ४ हजार ८ सय ९२ मतले अगाडि

 जेठ १०, २०७९ मंगलबार ६:३०:४६ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पाेखरा महानगरपालिकामा अहिलेसम्म १ लाख ३४ हजार ३ सय ५१ मतगणना भएकाे छ ।

पछिल्लाे मत परिणाम अनुसार गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नेकपा समाजवादीका धनराज आचार्यले ५४ हजार ६ सय ७८ मत पाउनु भएकाे छ । त्यस्तै मेयर पदका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ४९ हजार ७ सय ८६ मत पाउनु भएकाे छ । आचार्य थापाभन्दा ४ हजार ८ सय ९२ मतले अगाडि हुनुहुन्छ ।

यस्तै, उपमेयरतर्फ नेकपा एमालेकी मञ्जुदेवि गुरुङकाे अग्रता कायमै छ । उहाँले ५६ हजार ९ सय ६६ मत पाउनु भएकाे छ भने नेपाली कांग्रेसकी काेपिला रानाभाटले ५२ हजार ९ सय ५९ मत पाउनु भएकाे छ ।

रानाभाट ४ हजार ७ मतले पछाडि हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया