नेभिगेशन
शनिबार, असोज ३, २०८३

मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दैलेखको सिस्नेमा दुर्घटना, ३ जनाको ज्यान गयो

कालीकोट - मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दैलेखको आठबिस नगरपालिका २ सिस्नेमा दुर्घटनामा हुँदा तीन जनाको ज्यान गएको छ ।

म १ ख ६६० नम्बरको बस आठबिसको सिस्ने भन्ने ठाउँको सडकबाट कर्णाली नदीमा खसेको हो । दुर्घटनामा घाइते भएकामध्ये ३८ जनालाई सुर्खेत रेफर गरिएको र नौ जनाको स्थानीय स्वास्थ्य चौकीमा पठाएको दैलेखका प्रजिअ हरि प्याकुरेलले जानकारी दिनुभयो । 

दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न सकेको छैन । थप विवरण आउन बाँकी छ । 

प्रकाशित मिति:
थप समाज