प्रतिनिधि सभामा आज आर्थिक सर्वेक्षण पेस हुँदै

 जेठ १४, २०७९ शनिबार ७:७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभामा आज आर्थिक वर्ष २०७८/०७९ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ।

हिजो नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेस हुन सकेन।

आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ ।  

भोलि सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आउँदो आर्थिक वर्षको बजेट पेस गर्नुहुनेछ । केन्द्र सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संविधानमा व्यवस्था छ ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया