स्कटल्यान्डलाई हराउँदै युक्रेन फिफा विश्व कप छनोटको प्ले अफ फाइनलमा

 जेठ १९, २०७९ बिहीबार ६:२६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युक्रेन फिफा विश्व कप छनोटको प्ले अफमा फाइनलमा पुगेको छ ।

गएराति भएको खेलमा स्कटल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै युक्रेन प्ले अफ फाइनलमा पुगेको हो । अब युक्रेनले प्ले अफ फाइनलमा वेल्ससँग खेल्नेछ ।

विजेता टोली कतार विश्व कपमा पुग्नेछ । युक्रेनका लागि खेलको ३३ औँ मिनेटमा एन्ड्री यार्मोलेन्को, ४९ औँ मिनेटमा रोमन यारेम्चुक र इन्जुरी समयमा आर्टिम डोभयकले गोल गरे ।

स्कटल्यान्डका कलुम म्याकग्रेगरले खेलको ७९ औँ मिनेटमा एक गोल फर्काए । रुस–युक्रेन युद्धका कारण यो खेल सरेको थियो ।
 

अन्तिम अपडेट: जेठ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया