मन मिल्दा 'लभ', स्वार्थ पूरा नहुँदा बलात्कारको संज्ञा दिने काम भइरहेको छ : एमाले सांसद चौधरी

 जेठ २३, २०७९ सोमबार १३:२६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नेकपा एमालेकी सांसद गंगा चौधरी सतगौँवाले बलात्कारका मुद्दामा हदम्याद जायज भएको तर्क गर्नुभएको छ । 

बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारकाले संसदमा पेस गरेको विधेयकका विषयमा बोल्दै आज साेमवार सांसद चौधरीले हदम्याद हटाएमा मुद्दाको चाङ लाग्ने जिकिर गर्नुभयो । उहाँले मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृति बढेको बताउनुभयो । 

‘महिला हुँ भन्दैमा महिलाको भावनामात्र बुझ्ने होइन, पुरुषको भावना पनि बुझ्नुपर्छ । अस्ति भर्खरकै केस पल शाह र सुस्मिताको कुरा । जबसम्म मन मिल्यो लभको संज्ञा दिने, स्वार्थ पूरा भएन भने बलात्कारको संज्ञा दिने । हामीले यही सदनका पूर्वसभामुखको घटना पनि हेरेका थियौँ, स्वार्थ मिलुन्जेल कसैलाई पत्तो थिएन, स्वार्थ नमिलेपछि बलात्कारको संज्ञा दिएर ६/६ महिना जेलमा कोचियो’, चौधरीले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

2 Comments

  • होम गुरुङ्ग

    June 6, 2022, 8:49 p.m.

    बिल्कुल सहि बुरा गर्नुभयो साँसद चौधरी ज्यू।

  •  0 Reply
  • Arjun sharma

    June 6, 2022, 1:58 p.m.

    She is right

  •  0 Reply

तपाईको प्रतिक्रिया