बजेट ‘केही मान्छेकाे भुँडी सुधार’ हुने गरी आएकाे शान्ता चाैधरीकाे टिप्पणी

 जेठ २३, २०७९ सोमबार १७:२६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सचेतक शान्ता चौधरीले सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेट भूमि व्यवस्था सुधार गर्नेभन्दा पनि केही मान्छेको भुँडी सुधार हुनेगरी आएको टिप्पणी गर्नुभएको छ । आज सोमवार प्रतिनिधि सभामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विभिन्न शीर्षकको बजेटमाथिको छलफलमा भाग लिँदै सचेतक चौधरीले यस्ताे बताउनुभएकाे हाे । 

बजेटमा गरिबलाई परिचय पत्र वितरण गर्ने उल्लेख गरिएको भए पनि त्यसलाई कहिलेबाट सुरु गर्ने भन्ने कुरा नखुलाइएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । सचेतक चौधरीले केपी ओली नेतृत्वको अघिल्लो सरकारले भूमिहीनलाई लालपुर्जा वितरण गर्ने कामलाई अन्तिम चरणमा पुर्‍याए पनि वर्तमान सरकारले त्यसलाई रोकेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘भूमि व्यवस्थालाई सुधार्ने भन्दा केही मान्छेको भुँडी सुधार्ने खालको बजेट देखियो । यो बजेटमा केवल कार्यकर्ता भर्ती गर्ने र जनताकाे आँखामा चाहिँ छारो हाल्ने काम गरिएको छ भन्ने मलाई लाग्दछ ।’

सचेतक चौधरीले सरकारले भूमिहीनको समस्या समाधान गर्ने मितिसमेत यकिन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया